Section 103M
प्राधिकरणको कोष:
(१) प्राधिकरणको एउटा छुट्टै कोष रहनेछ।

(२) उपदफा (१): बमोजिमको कोषमा देहायका रकम रहनेछन्‌:-

(क) नेपाल सरकारबाट प्राप्त रकम,

(ख) कुनै विदेशी सरकार वा अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट प्राप्त रकम,

(ग) अन्य स्रोतबाट प्राप्त रकम।

(३) उपदफा (२) को खण्ड (ख) मा उल्लिखित रकम प्राप्त गर्नु अघि नेपाल सरकारको अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ।

(४) प्राधिकरणको कोषको रकम बैङ्क तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम इजाजत पत्र प्राप्त “क” वर्गको कुनै वाणिज्य बैङ्कमा खाता खोली जम्मा गरिनेछ।

(५) प्राधिकरणको कोष र खाताको सञ्चालन तोकिए बमोजिम हुनेछ।